कर नबुझाउने कम्पनीलाई १५ दिनभित्र बक्यौता कर बुझाउन राजस्व विभागको निर्देशन

काठमाडौं । आन्तरिक राजस्व विभागअन्तर्गत मध्यमस्तरीय करदाता कार्यालय बबरमहलले विभिन्न १५ कम्पनीलाई १५ दिनभित्र बक्यौता कर रकम तिर्न निर्देशन दिएको छ ।

कान्तिपुर सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, लालिगुराँस बहुउद्देश्यीय सहकारी, शिखरदीप बहुउद्देश्यीय सहकारी, क्यापिटल सेभिङ एण्ड क्रेडिट कोअपरेटिभ, डिभाइन स्ट्रिम नेटवर्क, श्रीराम सुगर मिल्स, आयोकी फेब्रिकोन नेपाल, मोतिदान कन्स्ट्रक्सन सेवा, रोल्पा सिमेन्ट प्रालि, भूमि इन्फ्रास्ट्रक्चर प्रालि, लोकेन्द्र इन्टरप्राइजेज, अरनिको सिमेन्ट इन्डस्ट्रिज, खानीखोला इन्टरप्राइजेज, त्रिपुरेश्वर कन्डक्टर उद्योग र बराह डिपार्टमेन्ट स्टोर छन् ।

१५ दिनभित्र बक्यौता कर दाखिल नगरेमा कानुनी कारबाहीबाट असुल उपर गरिने कार्यालयले चेतावनी दिएको छ । बक्यौता कर बुझाउन निर्देशन दिइएका कम्पनीहरुमा विभिन्न ठूला सहकारीदेखि उत्पादनमूलक उद्योगहरुसम्म छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *