नेपाल प्रहरीका दुई जना प्रहरी वरिष्ठ उपरीक्षक डीआइजीमा बढुवा

काठमाडौँ । नेपाल प्रहरीमा प्राविधिक समूहतर्फका दुई जना प्रहरी वरिष्ठ उपरीक्षकलाई डीआइजी पदमा बढुवा गर्न सिफारिस गरिएको छ।

बढुवा सिफारिस हुनेमा केनाइन उपसमूहतर्फ डाक्टर देउती गुरुङ र सूचना प्रविधि कम्प्युटर तर्फका इन्जिनियर नवीन्द्र अर्याल रहेका छन्।

मन्त्रीपरिषद्ले विशेष पद सिर्जना गरि अर्याल र गुरुङलाई बढुवा गर्ने निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *