शिखर र आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा सेयर निष्कासन

शिखर इन्स्योरेन्स र आइएमई जनरल इन्स्योरेन्सले आफ्ना सेयरधनीहरुका लागि हकप्रद सेयर निष्कासन गरेका छन्।

शिखरले चुक्तापुँजीको ३० प्रतिशत र आइएमई जनरलले चुक्तापुँजी ४० प्रतिशतले हुन आउने हकप्रद निर्णय गरेका छन्। शिखरले गत चैत १ गतेबाट आईएमई जनरल इन्स्योरेन्सले गत फागुन २२ गतेबाट हकप्रद निष्कासन गरेका हुन्।

शिखरलले १०० अंकित दरका कुल ५२ लाख ७५ हजार ५७२ कित्ता हकप्रद जारी गरेको छ। नेपाल धितोपत्र बोर्डबाट आस्बा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका साथै सीडीएससीको ‘मेरो सेयर मार्फत आवेदन दिन सकिनेछ।

हकप्रदमा आउँदो चैत २१ गतेसम्म आवेदन दिन पाइनेछ। हकप्रद निष्कासनका लागि कम्पनीले गत माघ २१ गते बुक क्लोज गरेको थियो। यसको अर्थ गत माघ २० गतेसम्म कायम सेयरधनीहरुमात्र यो हकप्रदमा आवेदन दिन पाउँछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब २८ करोड ६० लाख ८१ हजार २०० रुपैयाँ पुग्नेछ।

आइएमई जनरल इन्स्योरेन्सले प्रतिसेयर १०० रुपैयाँ अंकित दरका कुल ४६ लाख ३० हजार ३४४ कित्ता हकप्रद निष्कासन गरेको छ।

आइएमई जनरल इन्स्योरेन्सको हकप्रदमा बुधबार साँझ ५ बजेसम्म ९ हजार ३९४ आवेदकबाट ७ लाख ५५ हजार २०० कित्ता सेयर माग भएको छ।

कम्पनीको हकप्रद ‘मेरो सेयर’बाट भर्न सकिन्छ। आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरुबाट आस्बा प्रणालीमार्फत आवेदन दिन सकिनेछ। हकप्रद प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *