सुन आयातबाट ३ अर्ब ७५ करोड राजस्व संकलन

चालू आर्थिक वर्षको पाँच महिनामा हवाई मार्गबाट आयात भएको सुनबाट तीन अर्बभन्दा बढी राजस्व संकलन भएको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थल भन्सार कार्यालयको तथ्यांक अनुसार सुन आयातबाट ३ अर्ब ७५ करोड ९९ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको हो ।

त्रिवि भन्सारको तथ्यांक अनुसार चालू आर्थिक वर्षको पहिलो महिना साउनमा व्यवसायिक प्रयोजनका लागि चार सय ५८ केजी सुन आयात भएको छ । जसबाट ३८ करोड ५७ लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको छ । जसबाट १९ लाख २४ हजार ४३४ रुपैयाँ राजश्व संकलन भएको छ भने १५ केजी गहना आयात हुँदा ५३ लाख ३० हजार राजश्व संकलन भएको देखिन्छ ।

भदौ महिनामा व्यवसायिक प्रयोजन, काँचो सुन र गहना गरि सात सय ८३ केजी सुन आयात भएको छ । यो महिनामा व्यवसायीक प्रयोजनका लागि ७५६ केजी सुन रहेको छ । ६४ करोड ३० लाख २५ हजार रुपैयाँ राजश्व संकलन भएको त्रिवि भन्सारले जनाएको छ । यसबाट २२ लाख १३ हजार रुपैयाँ राजश्व संकलन रहको छ । भदौ महिनामै २४ केजी सुनका गहना आयात हुँदा सरकारले ८९ लाख ९ हजार रुपैयाँ राजश्व जम्मा भएको छ ।

कात्तिक महिनामा व्यवसायिक, काँचो सुन र गहनाका लागि ५७३ केजी सुन आयात हुँदा ४८ करोड २६ लाख २२ हजार राजश्व संकलन भएको छ ।

चालू आवको मंसिर महिनामा पनि सर्वाधिक सुन आयात भएको भन्सार विभागको तथ्यांकमा देखिएको छ । यो महिना व्यवसायीक प्रयोजनका लागि पाँच सय ५७ केजी सुन आएको छ । जसबाट ४७ करोड ३४ लाख ५० हजार राजश्व संकलन भएको छ । यो महिना काँचो सुन ९६ केजी आयात हुँदा ९ करोड २० लाख रुपैयाँ राजश्व संकलन रहेको छ । यो महिनामै ८ केजी सुनका गहना आयात हुँदा ३६ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको छ ।

त्रिवि भन्सारको तथ्यांक अनुसार पुस महिनामा ५२७ केजी सुन भित्रिदाँ ४५ करोड ४६ लाख ५१ हजार रुपैयाँ राजस्व संकलन भएको छ । माघ महिनामा ५१६ केजी सुन आयात भएको छ । सरकारलाई ४४ करोड ४६ लाख ५४ हजार रुपैयाँ राजस्व संकलन भएको तथ्यांकमा देखिन्छ ।

चालू आर्थिक वर्षको फागुन महिनामा गहना प्रयोजनका लागि विदेशबाट सुन आयात नभएको त्रिवि भन्सार कार्यालयले जनाएको छ । यो महिना काँचो सुन ६०,६९३ ग्राम र व्यवसायिक प्रयोजनका लागि ४०१५०० ग्राम सुन आयात भएको छ । जसबाट ३९ करोड ९५ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *