हालसम्मकै उच्च विन्दुमा पुगेको अमेरिकन डलरको भाउ घट्ने क्रममा छ । यस बीचको ९ दिनको अन्तरालमा डलरको भाउ १ रुपैयाँ ११ पैसा सम घटेको छ । फागुन २४ गते १२३ रुपैयाँ ४४ पैसासम्म पुगेको डलरको भाउ आज घटेर १२२ रुपैयाँ ३३ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन १ डलरको खरिददर १२ रुपैयाँ ७३ पैसा र विक्रीदर १२२ रुपैयाँ ३३ पैसा कायम रहेको छ । युरोपियन युरो आज १ को खरिददर १३३ रुपैयाँ ८५ पैसा र विक्रीदर १३४ रुपैयाँ ५१ पैसा छ । युके पाउन्ड स्टलिङ १ को खरिददर १५८ रुपैयाँ ९९ पैसा र विक्रीदर १६९ रुपैयाँ ७८ पैसा कायम छ ।
चाइनिज यून १ को खरिददर १९ रुपैयाँ १६ पैसा र विक्रीदर १९ रुपैयाँ २६ पैसामा कायम भएको छ ।







