वाणिज्य बैंकको नाफा औसत १८.५२ प्रतिशतले वृद्धि

आर्थिक वर्ष २०७८र७९ को माघमा वाणिज्य बैंकहरूको नाफा औसत १८.५२ प्रतिशतले वृद्धि भएको छ । चालू आवको पुससम्मको तुलनामा माघमा मात्र २७ वाणिज्य बैंकको नाफा ६ अर्ब ४ करोड रुपैयाँले वृद्धि भएको हो ।

बैंकहरूले पुस मसान्तसम्म ३४ अर्ब २० करोड रुपैयाँ नाफा कमाएकामा माघमा नाफा वृद्धि भएर ४० अर्ब २४ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार सञ्चालित २७ वटा वाणिज्य बैंकमध्ये सबैभन्दा बढी नाफा वृद्धि हिमालयन बैंकले गरेको छ । एक महिनाको अवधिमा यस बैंकले नाफा ३८ प्रतिशतले वृद्धि गरेको छ । पुससम्म ७४ करोड ३४ लाख नाफा कमाएको यो बैंकले माघसम्म नाफ वृद्धि गरेर १ अर्ब २ करोड रुपैयाँ पु¥याएको छ ।
एक महिनामा नाफा १० प्रतिशत पनि वृद्धि नहुनेमा मेगा र कृषि विकास बैंक छन् । मेगा बैंकको नाफा पुससम्मको र माघमा ६.१३ प्रतिशतले वृद्धि भएको छ । कृषि विकास बैंकको नाफा ४.८७ प्रतिशतले वृद्धि रह्ेको छ ।

मेगा बैंकले पुस मसान्तसम्म १ अर्ब ३९ करोड रुपैयाँ नाफा कमाएको थियो भने माघसम्म यो नाफा १ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ ।

कृषि विकास बैंकले चालू आवको पुससम्म १ अर्ब ४२ करोड रुपैयाँ नाफा गरेको थियो । माघ महिनामा यस बैंकले थप ६ करोड ९३ लाख रुपैयाँ नाफा भएको छ । चालू आवको माघ मसान्तसम्मको बैंकको नाफा १ अर्ब ४९ करोड रुपैयाँ भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *