


काठमाडौं । नेपाल आइडल सिजन २ का विजेता गायक रवि ओडविरुद्ध वैवाहिक बलात्कारको मुद्दामा पक्राउ पूर्जी जारी भएको छ । उनीविरुद्ध श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् । उनकी श्रीमतीले वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै रविविरुद्ध उजुरी दिएकी हुन् ।
कञ्चनपुरको इलाका प्रहरी कार्यालय झलारीमार्फत ओडकी श्रीमतीले जाहेरी दिएकी हुन् । जिल्ला अदालतको अनुमति लिएर ओडविरुद्ध पक्राउ पुर्जी जारी गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ पुर्जी जारी भएपछि गायक ओडको खोजीलाई तीव्र पारिएको र उनी हुनसक्ने ठाउँमा पत्राचार समेत गरिएको छ । ओडले २०७५ पुस ६ गते नेपाल आइडलको दोस्रो सिजनको उपाधि जितेका थिए ।
Artha Sanjal

अर्थ सन्जाल