काठमाडौं। काठमाडौं महानगरपालिकाले साई स्वागत बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना प्रकरणमा गृहमन्त्री रवि लामिछाने पत्नी निकिता पौडेलको संलग्नता नरहेको भनेर जनाएको छ।
तर पौडेल जमानी बसेर ऋण दिएको मान्छे नै भागेको भन्दै विभागमा उजुरी परेको थियो ।
बचतकर्ताले सञ्चालक समितिबाट रकम हिनामिना गरेको भन्दै उजुरी दिएपछि महानगरको सहकारी विभागले बुधबार संस्थाको कार्यालयमा छापा हानेको थियो। जसमा प्रहरीले सहकारीको सफ्टवेयर सिस्टम समेत जफत गरिसकेको छ।
उक्त रकम हिनामिना प्रकरणमा गृहमन्त्री पत्नी निकिताको कुनैपनि संग्लनता नरहेको महानगरको सहकारी विभाग प्रमुख बलराम त्रिपाठीद्वारा जारी पत्रमा भनिएको छ।
निकिता आवद्ध उक्त संस्थामा महानगरले छापा हानेलगत्तै गृहमन्त्री रवि लामिछानेले काठमाडौंका मेयर बालेर साहसंग भेट गरेका थिए ।
विवाद उठेपछि महानगरले निकिताको कुनैपनी संलग्नता नरहेको भन्दै जानकारी गराएको पत्र भने २०८० साल असार ११ गते काटिएको देखिन्छ ।
यस्तो छ महानगरले जारी गरेको पत्र