


काठमाडौं । मदिरा पिएर होहल्ला गरेको आरोपमा पक्राउ परेका गायक राजेशपायल राई छुटेका छन् ।
मदिरा पिएर होहल्ला गरेको आरोपमा प्रहरीले राईसहितलाई बिहीबार बिहान २ बजेतिर नयाँ बानेश्वर क्षेत्रबाट नियन्त्रणमा लिएको थियो ।
जिल्ला प्रही परिसर, काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीका अनुसार स्थानीयले गायक राईलगायतको समूहले सडकमा होहल्ला गरेको गुनासो गरेका थिए । त्यसपछि गायक राईसहित ८ जनालाई नियन्त्रणमा लिइएकोमा अहिले आफन्तको जिम्मा लगाएको एसपी अधिकारीले जानकारी दिए ।
गायक राईलाई प्रहरी वृत्त नयाँ बानेश्वरमा राखिएको थियो । पक्राउ परेकामा तीनजना कलाकार हुन् भने अन्य पाँचजना भने अन्य क्षेत्रका थिए ।
Artha Sanjal

अर्थ सन्जाल