विश्वका डलर अर्बपतिको सूची सार्वजनिक, नेपालबाट विनोद चौधरी

काठमाडौं। अघिल्ला वर्ष जस्तै अमेरिकी पत्रिका फोर्ब्सले विश्वका अर्बपतिहरुको सूची सार्वजनिक गरेको छ । यो सूचीमा नेपालका उद्योगपति विनोद चौधरी १७ सय ६४ औँ स्थानमा छन्।

अमेरिकी पत्रिकाका अनुसार सूचीकाे पहिलाे स्थानमा बर्ना आर्नो रहेका छन् भने एलन मस्क दाेस्राे स्थानमा छन्। नयाँ सूचीअनुसार विश्वमा अर्बपतिहरूको संख्या २ हजार ७८१ जना पुगेको छ।

फाेर्ब्सका अनुसार सर्वाधिक अर्बपति भएको देशका रूपमा पहिलो स्थानमा अमेरिका कायम रहँदा दोस्रो स्थानमा चीन छ। अमेरिकामा ८ सय १३ जना अर्बपति रहँदा चीनमा ४ सय ७३ जना अर्बपति छन्।

तेस्रो स्थानमा रहेको भारतमा अर्बपतिको संख्या २ सय जना पुगेको छ। गत मार्च ८ को सेयरमूल्य तथा विनिमयदरको आधारमा सम्पत्ति गणना गरेको हो।

हेर्नूहाेस् सूची:-

१. बर्ना आर्नो, २. एलन मस्क, ३. जेफ बेजोस,४. मार्क जुकरबर्ग,५. ल्यारी इलिसन, ६. वारेन बफेट:,७. बिल गेट्स,८. स्टिभ बाल्मर,९. मुकेश अम्बानी, १०. ल्यारी पेज,११. सर्गेइ ब्रिन,१२. माइकल ब्लुम्बर्ग, १३. अमान्सियो ओर्टेगा, १४. कार्लोस स्लिम हेलु, १५. फ्रान्कोइस बेटेनकोर्ट मेयेर्स, १६. माइकल डेल,१७. गौतम अडानी, १८. जिम वाल्टन,१९. रब वाल्टन,२०.जेन्सेन हुआंगको विश्वका डलर अर्बपतिको सूची सार्वजनिक भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *