


काठमाडौं । नेपालका तीव्र गतिका बलर कमलसिंह ऐरीको ह्याट्रिकसँगै आयरल्यान्ड ‘ए’ ले पहिलो एक दिवसीय अभ्यास खेलमा नेपाल ‘ए’ लाई १५८ रनको सामान्य लक्ष्य दिएको छ । त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको आयरल्यान्ड ‘ए’ ३८.३ ओभरमा १५७ रनमा अल आउट भयो ।
आयरल्यान्ड ‘ए’ का केड कार्माइकलले ७७ बलमा ४ चौकासहित सर्वाधिक ५१ रन बनाए । निल रकले ३२ बलमा २ चौका र ३ छक्कासहित ३९ रन बनाए । ओपनर जेम्श म्याकुलम र स्टेफन डोहेनी १२/१२ रनमा आउट भए । पिटर मुरले २१ रन बनाए ।
आयरल्यान्डलाई सस्तोमा समेट्न नेपाली टोलीका बलरहरुले उत्कृष्ट प्रदर्शन गरे । कमलसिंह ऐरी ह्याट्रिकसहित चार विकेट लिए । उनले ६.३ ओभरमा एक मेडन राख्दै २१ रन खर्चिए । मौसम ढकाल र साहब आलमले दुई/दुई र रिजन ढकालले एक विकेट लिए ।
Artha Sanjal

अर्थ सन्जाल