सरकारी छाप किर्ते गरेको अभियोगमा १२ जना पक्राउ

काठमाडौं महानगरपालिका-१२ त्रिपुरेश्वनरस्थित राहदानी विभागमा किर्ते सरकारी छाप प्रयोग गरी छिटो पासपोर्ट बनाई दिने प्रलोभन देखाई ठगी गरेको अभियोगमा १२ जनालाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले मंगलबार साँझ पक्राउ गरेको छ ।  प्रहरीले उनीहरूको साथबाट किर्ते गरिएका विभिन्न सरकारी कागजातहरू ४ थान, मोबाइल १४ थान तथा विभिन्न सरकारी एवम् निजी छाप २० थान समेत बरामद गरेको छ ।

पक्राउ पर्नेहरूमा काठमाडौं गोंगबु मिलन टोल बस्ने रोल्पा माडी गाउँपालिका-१ घर भएका २९ वर्षीय अमृत थापा, सोही ठाउँ बस्ने रोल्पा माडी गाउँपालिका-४ घर भएका २४ वर्षीय प्रज्वल खड्का, काठमाडौं सामाखुशी बस्ने बाग्लुङ, बाग्लुङ नगरपालिका–८ घर भएका ३० वर्षीय रञ्जित कार्की, काठमाडौं मनमैजु बालाजु बस्ने म्याग्दी बेनि नगरपालिका–५ घर भएका ३३ वर्षीय रामजी परियार रहेका छन् ।

काठमाडौं गोंगबु नयाँ बसपार्क बस्ने ललितपुर महांकाल घर भएकी ३६ वर्षीया गोमा बजगाई, काठमाडौं गोंगबु मिलन टोल बस्ने पाल्पा पूर्व खोला गाउँपालिका–५ घर भएका ३३ वर्षीय जिवन कुमार श्रेष्ठ, काठमाडौं गौशाला बस्ने रामेछाप गागल गाउँपालिका–८ घर भएका ३७ वर्षीय मिठे मगर, ललितपुर महाकाल गाउँपालिका–२ घर भएका रमेश बजगाई  छन् ।

काठमाडौं माछापोखरी बस्ने काभ्रेपलाञ्चोक कटुन्जेबेशी गाउँपालिका-४ घर भएका २५ वर्षीय सन्दिप मैनाली, काठमाडौं धुम्बाराही पिपलबोट बस्ने सिन्धुली दुधौली नगरपालिका–६ घर भएका २१ वर्षीय अभिषेक मगर, काठमाडौं सिनामंगल बस्ने दैलेख आठबीस नगरपालिका-३ घर भएका २२ वर्षीय निरञ्जठन तिवारी र काठमाडौं कलंकी बस्ने धादिङ थाक्रे गाउँपालिका-४ घर भएका २४ वर्षीय मदन तामाङ छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *