अमेरिकीका उद्योगपति तथा शेयर बजारका बादशाह वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवे इन्कको शेयरको मूल्य सोमबार पहिलो पटक ५ लाख डलर पुगेको छ ।
अमेरिकाको ओमाहा, नेब्रास्कामा रहेको कम्पनीको बजार मूल्य ७३१ बिलियन डलर बर्कशायर ह्याथवे मार्केट भ्यालु हरेको छ । बजार मूल्यको हिसाबले यो अमेरिकाको ठूलो कम्पनी हो । कम्पनीमा बफेटको १६.२ प्रतिशत रहेको छ ।
यसका सहायक कम्पनीहरू बीमा र पुनर्बीमा उपयोगिता र ऊर्जा मालवाहक रेल यातायात, निर्माण र खुद्रा बिक्री क्षेत्रमा सक्रिय छन् । बर्कशायरको गत वर्ष २७.४६ बिलियन डलरको भारी नाफा भएको थियो ।