

तस्बिर स्रोतः सामाजिक सञ्जाल

पोखरा ।पोखराको लेखनाथमा भएको बस दुर्घटनाको तस्बीर सामाजिक सञ्जालमा भाइरल भएको छ । लेखनाथको अर्चलेमा बस अर्चलेमा दुर्घटना हुँदा ठाडो भएको थियो ।
बसमा चालक र सहचालक मात्र रहेको र दुवै जना घाइते भएको प्रहरीले जनाएको छ। बस दुर्घटना भएर सडकमा ठाडै उभिएको तस्वीर र भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।
ग १ ख ८६८० नम्बरको बस शनिवार बिहान कास्कीको आरुपाटाबाट पोखरा आउँदै गर्दा बिहान साढे ९ बजे दुर्घटनामा परेको हो । माथिल्लो घुम्तीमा ब्रेक फेल भएर तल्लो घुम्तीमा पुगी दुर्घटना हुँदा बस ठडिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रहरी सहायक निरीक्षक विष्णु रेग्मीले जानकारी दिए ।
चालक टीकाराम विक र सहचालक शालिकराम सुवेदीको अहिले गण्डकी अस्पताल पोखरामा उपचार भइरहेको छ ।
Artha Sanjal

अर्थ सन्जाल