काठमाडौं । विश्वमा प्रविधिको द्रूत विकास भइरहेको छ। प्रविधिको विकाससँगै त्यसको प्रयोग र सदूपयोग पनि बढ्दो छ। विश्वमा झैँ नेपालमा पनि बैंकहरूले आफ्नो प्रभावकारी सेवाका लागि विभिन्न प्रविधिको प्रयोग गरिरहेका छन्।
तिनै मध्ये एक हो एनआईसी एशिया बैंक। ग्राहकको सुविधाका लागि विभिन्न प्रविधिको प्रयोग गरिरहेको यस बैंकले पछिल्लो समय मोबाइल बैंकिङलाई थप प्रभावकारी बनाइरहेको छ।
सहज एवम् सुलभ बैंकिङसेवालाई विस्तार गरिरहेको एआईसी बैंकका ९५ प्रतिशत सेवा डिजिटल रहेकोमा यसले आफ्नो प्रविधिमैत्री सेवालाई थप प्रभावकारी बनाउँदै लगेको हो। आजसम्म बैंकको मोबाइल बैंकिङ सेवा ( एनआईसी एशिया मोबैंक) एप २० लाखले डाउनलोड गरिसकेका छन्। एनआईसी एशिया मोबैंकमार्फत मोबाइलबाटै सबै खाले बैंकिङ कारोबार गर्न सकिने भएपछि यसको प्रयोगकर्ताको संख्या बढ्दै गइरहेको छ ।
‘प्रविधिको तीव्र विकाससँगै अहिले हरेक मानिस प्रविधिमा निर्भर हुन थालेका छन्। नयाँ नयाँ प्रविधिको विकास भएसँगै अब मानिस प्रविधिकै प्रयोग गरी कामलाई थप छिटो छरितो र झन्झटमुक्त हुन चाहान्छन्। सोही उद्देश्य अनुरुप हामीले यो सेवा ल्याएकोमा निकै प्रभावकारी भइरहेको छ,’ बैंकले भन्यो।
बैंक तथा वित्तीय संस्थालगायत विभिन्न सेवा प्रदायक संस्थाहरूले विस्तारै प्रविधिलाई पछ्याउँदै समयसापेक्ष कम्पनीका सेवाहरूलाई प्रविधिमैत्री बनाउँदै लग्नु पर्ने र उक्त कुरामा एनआईसी अब्बल रहेको बताइएको छ।
के – के छन् सुविधा ?
एनआईसी एशिया बैंकको मोबाइल बैंकिङ एप अन्तर्गत रकम स्थानान्तरण गर्न, खाताको जानकारी लिन, अकाउण्ट स्टेटमेन्ट लिन, आन्तरिक रेमिट्यान्स पठाउन र बुझ्न, मुद्दती निक्षेप खोल्ने, बैंकका शाखा तथा एटिएमको स्थान पत्ता लगाउन, मोबाइल टपअप, युटिलिटी बिल भुक्तानी गर्न, क्यूआर भुक्तानी, ई-कमर्श एक्टिभेसन, आफ्नो गुनासोको सुनुवाई तथा प्रोग्रेस ट्र्यागिङ जस्ता थुप्रै सुविधाहरू सहज रुपले निःशुल्क लिन सकिने बैंकले जनाएको छ।
एनआईसी एशियाको मोबाइल बैंकिङमार्फत विभिन्न कम्पनीले जारी गर्ने आईपीओमा आवेदन दिन सकिनेछ। एनआईसी एशिया मोबाइल बैकिङ प्रयोगकर्ताले कार्डबिनै एटिएमबाट रकम झिक्न सक्ने छन्। एपमा रहेको कस्टमर केयरबाट ग्राहकले आफ्ना समस्या यथासिघ्र समाधान तथा जिज्ञासालाई यथोचित सम्बोधन गर्न सक्नेछन्।
इन्टरनेट मोबाइल बैंकिङमार्फत बैंक रकम, आफ्नो खाताको जानकारी, एकाउण्ट स्टेटमेन्ट, मोबाइल टपअप, बिजुली, इन्टरनेट, पर्किङ्ग, बिलबुक, कलेज, भोटिङ्, खानेपानी, ट्राफिक जरिवाना, इभेन्ट बिल भुक्तानीलगायत सुविधा उपलब्ध छन् ।
अगामी दिनमा डिजिटल बैंक बनाउँदै ग्राहकको अपेक्षालाई सम्बोधन गर्न मोबाइल बैंकिङ सुविधा ल्याएको बैंकले जनाएको छ। सहज, सरल, सुरक्षित र सबै सरोकारवालाको रोजाइको बैंक बनाउन सबैखाले सेवालाई प्रभावकारी बनाउँदै लगिएको बैंकले जनाएको छ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६७० एटिएम, ११६ वटा विस्तारित काउन्टर एवं ५१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
अर्थ सन्जाल