सुनको मूल्यमा फेरि नयाँ कीर्तिमान, किन बढ्दैछ लगातार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले १ लाख ३० हजारको नयाँ कीर्तिमानी कायम गरेको छ। अघिल्लो दिन प्रतितोला १ लाख २७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज थप २ हजार एक सय रुपैयाँले बढ्दै १ लाख ३० हजार रुपैयाँ कायम भएको हो।

यस्तै आज तेजाबी सुनको मूल्यसमेत तोलामा २ हजार एकसय रुपैयाँले नै बढ्दै १ लाख २९ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

यता चाँदीको मूल्य भने आज तोलामा १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ५ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ५ सय १० रुपैयाँमा करोबार भएको थियो।

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा नै सुनको मूल्य बढेकाले त्यसको प्रभाव नेपाली बजारमा पनि त्यसको प्रभाव देखिएको छ । अमेरिका र चीनको व्यापार युद्ध, अन्तर्राष्ट्रिय भूराजनीतिक अवस्था लगायत कारण सुनमा अत्यधिक दबाव परेको छ । रुस र युक्रेनबीचको युद्धका कारण पनि सुनको मूल्य बढिरहेको छ ।

नेपालमा सुनको मूल्य निर्धारण गर्न सबैभन्दा ठूलो भूमिका अन्तर्राष्ट्रिय बजारमा भइरहेको कारोबारमा भर पर्छ । अन्तर्राष्ट्रिय बजारमा छिनछिनमा सुनको मूल्य परिवर्तन भइरहन्छ ।

सन् २०२४ भित्र सुनको मूल्य १ लाख ५० हजार रुपैयाँसम्म पुग्ने अनुमान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *