एनएमबि बैंकको ५२ हजार कित्ता संस्थापक सेयर लिलामीमा

काठमाडौं । एनएमबि बैंकले आजदेखि ५२ हजार १७२ कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । बैंकका विद्यमान संस्थापक सेयरधनीसहित अन्य इच्छुक व्यक्ति तथा संघसंस्थाले समेत यसमा बोलपत्र पेश गर्न सक्नेछन्  ।

संस्थापक सेयरको प्रतिकित्ता मूल्य १२० रुपैयाँ तोकिएको छ भने लगानीकर्ताले सोही मूल्यलाई आधार मानेर लिलाम बढाबढमा सहभागी बन्न सक्नेछन् ।आवेदकले चैत २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बोलपत्रमा आफूले खरिद गर्न चाहेको सेयर संख्या र कबोल गरेको रकम उल्लेख गर्नुपर्ने बिक्री प्रबन्धकले जनाएको छ । यसको  बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *