प्युठान । प्यूठान जिल्लाको मच्छिस्थित श्री बालशिक्षा माध्यमिक विद्यालयका पूर्व विद्यार्थी समाजकाे चाैथाे वार्षिक साधारणसभा सम्पन्न भएको छ। यही चैत्र १० गते यस समाजले तेस्राे अधिवेशन समेत सप्पन्न गर्यो । यसका साथै समाजको आयोजनामा वनभाेज कार्यक्रमका साथै अन्य विविध कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
समाजको तेस्राे अधिवेसनवाट जीवराज भट्टराईको नेतृत्वमा नयाँ कार्यसमिति गठन भएको छ। जसको नयाँ नेतृत्वमा जिवराज भट्टराई सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रममा समाजका नवनिर्वाचित अध्यक्ष जिवराज भट्टराईले आपसी सदासयता, आत्मियता र सहकार्य नै यसको प्रमुख उद्देश्य रहेको बताए। उनले यस्ता किसिमका कार्यक्रमबाट हामी सत्यको मार्गमा अघि बढिरहेका छाैं भन्ने सन्देस प्रवाह भइरहेकाे बताए।
भट्टराईले आफुप्रती विश्वास प्रकट गरि महत्त्वपूर्ण जिम्मेवारी प्रदान गर्ने सम्पूर्णमा धन्यवाद व्यक्त गरे। साथै उनले नव निर्वाचित सदस्य यवम् कार्यसमितिकाे तर्फबाट आभार प्रकट गर्दै आगामी दिनहरुमा अझ रचनात्मक भएर अघि बढने प्रतिवध्दता समेत व्यक्त गरे। उक्त कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष जीबराज भट्टराईले गरेका थिए ।
उक्त कार्यक्रममा कृषि बिकास बैंकका उपमहाप्रबन्धक तथा संस्थाका बरिस्ठ उपाध्यक्ष मीनराज पोखरेलले सुभकामना मन्तव्य राखेका थिए। उनले यस्ता कार्यक्रमबाट आपसी सद्भाव, सौहार्दता तथा सहाकार्य यवम् आत्मीयता विकास हुने विश्वास व्यक्त गरे । कार्यक्रममा सो विधालयवाट एस.एल. सी उतिर्ण भएका एआइजी श्याम ज्ञवालीलगायत अन्य थुप्रै पुर्व विधार्थीलाई सम्मान समेत गरिएको थियो ।
अर्थ सन्जाल