


काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडले एकैसाथ २ आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको सभा आगामी चैत २९ गते सेलिब्रेशन हाईट, सुकेधारा, काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७८/०७९ र २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति गर्ने र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।
सभाले स्वतन्त्र सञ्चालक नियुक्त गर्नेछ । यता, सभा प्रयोजनका लागि कम्पनीले चैत १८ गते बुक क्लोज गर्ने भएको छ । त्यसैले, चैत १८ भन्दा अघिसम्म कायम रहेका सेयरधनीहरुले मात्र सभामा भाग लिन सक्नेछन् ।
Artha Sanjal

अर्थ सन्जाल