काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब रुपैयाँभन्दा बढीको कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्क अनुसार फागनुमसान्तसम्म तीन वटा लघुबीमासहित १७ वटा निर्जीवन बीमा कम्पनीहरूले २६ अर्ब २६ करोड ८४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यो अवधिमा बीमा कम्पनीहरूको १९ लाख ६२ हजार २४ वटा बीमालेख बिक्री गरेर उक्त बीमा शुल्क आर्जन गरेका हुन् ।
यस अवधिमा सबैभन्दा धेरै व्यवसाय शिखर इन्स्योरेन्स कम्पनीले गरेको छ । यस कम्पनीले २ लाख ८ हजार २४५ वटा बीमालेख बिक्री गरेर ३ अर्ब ७१ करोड ८७ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ ।
यस्तै, सगरमाथा लुम्बिनी इन्स्योरेन्सले १ लाख ९६ हजार ५६५ वटा बीमालेख बिक्री गरेवापत ३ अर्ब ४ करोड ३१ लाख रुपैयाँ व्यवसाय गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले २ अर्ब ५६ करोड ११ लाख रुपैयाँको व्यवसाय गरेको छ । यो अवधिमा कम्पनीले २ लाख ३ हजार ५६५ वटा बीमालेख बिक्री गरेको छ ।
यस्तै, आइजिआई प्रुडेन्सियल इन्स्योरेन्सले १ लाख ६२ हजार ३५४ वटा बीमालेख बित्री गरेर २ अर्ब ३० करोड २३ लाख रुपैयाँ, नेको इन्स्योरेन्सले २ लाख २ हजार ८५२ वटा बीमालेख बिक्री गरेर २ अर्ब ११ करोड ९१ लाख रुपैयाँ, हिमालयन एभरेष्ट इन्स्योरेन्सले १ लाख ६६ हजार १८९ वटा बीमालेख बिक्रीवापत २ अर्ब ८ करोड ९१ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यस्तै, यूनाइटेड अजोड इन्स्योरेन्सले १ लाख ४१ हजार ७६९ वटा बीमालेख बिक्री गरेर १ अर्ब ७४ करोड ६९ लाख रुपैयाँ, एनएलजी इन्स्योरेन्सले १ लाख ३२ हजार १६७ वटा बीमालेख बिक्री गरेर १ अर्ब ६२ करोड ७ लाख रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सले १ लाख ३ हजार ४७ वटा बीमालेख बिक्री गरेर १ अर्ब ५६ करोड १३ हजार रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
यस्तै, राष्ट्रिय बीमा कम्पनीले १ लाख ३४ हजार ४४७ वटा बीमालेख बिक्री गरेर १ अर्ब २६ करोड २० लाख रुपैयाँ, प्रभु इन्स्योरेन्सले ८१ हजार २०६ वटा बीमालेख बिक्री गरेर १ अर्ब २० करोड १७ लाख रुपैयाँ, ओरिएण्टल इन्स्योरेन्सले २८ हजार २७३ वटा बीमालेख बिक्री वापत १ अर्ब १८ करोड २४ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका हुन् ।
यस्तै, नेपाल इन्स्योरेन्सले १ लाख ३२ हजार ५५२ वटा बीमालेख बिक्री गरेर ९९ करोड ४७ लाख रुपैयाँ र नेशनल इन्स्योरेन्सले २३ हजार ४३५ वटा बीमालेख बिक्री गरेर ७६ करोड १३ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरे
यस अवधिमा नेपाल माइक्रो, प्रोटेक्टिभ माइक्रो र स्टार माइक्रोले ४५ हजार ३५८ वटा बीमालेख बिक्री गरेर १० करोड ३३ लाख रुपैयाँ बराबरको व्यवसाय गरेका छन् । जसमध्ये नेपाल माइक्रोले २६ हजार २४३ वटा बीमालेख बिक्री गरेर ४ करोड ९० लाख रुपैयाँ, प्रोटेक्टिभ माइक्रोले ९ हजार १५० वटा बीमालेख बिक्री गरेर ३ लाख ४८ हजार रुपैयाँ र स्टार माइक्रोले ९ हजार ९६५ वटा बीमालेख बिक्री गरेर १ करोड ९४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन् ।
अर्थ सन्जाल