काठमाडौं। मुक्तिनाथ विकास बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत कञ्चनपुरमा वृक्षरोपण कार्यक्रम गरेको छ ।
बैंकले जिल्ला स्थित कृष्णपुरमा करिब १५० वटा कागतीका विरुवाहरुको वृक्षारोपण गरी हरियाली अभियानद्वारा वातावरणीय सन्तुलन तथा जलवायु परिवर्तन विरुद्ध लड्न योगदान पुर्याएको जनाएको हो।
अन्तर्राष्ट्रिय वन दिवसको उपलक्ष्यमा बैंकले उक्त कार्यक्रमको आयोजना गरेको हो। उक्त कार्यक्रममा बैंकका कर्मचारीहरु, अभियानकर्ता र स्थानिय नगरबासीहरुको उल्लेख्य उपस्थिति रहेको थियो ।
अर्थ सन्जाल