अनेरास्ववियु नेतृ रक्षा बम पक्राउ

काठमाडौं । प्रहरीले नेकपा एमालेनिकट अनेरास्ववियुकी नेतृ रक्षा बमलाई पक्राउ गरेको छ । अनेरास्ववियुको स्थायी कमिटी सदस्यसमेत रहेकी बमलाई मंगलबार बालाजु क्षेत्रबाट प्रहरीले पक्राउ गरेको हो ।

आपराधिक लाभ लिएको कसुरमा बमलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए । उनी तपोवन क्षेत्रमा ध्यानमा रहेकै वेला प्रहरीले नियन्त्रणमा लिएको बताइन्छ । उनीविरुद्ध प्रहरी वृत्त महाराजगञ्जले अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *