काठमाडौं । गायिका एलिना चौहानले आगामी वैशाख ५ गते प्रेमी विष्णु सापकोटासँग विवाह गर्ने भएकी छन् । अस्ट्रेलिया बस्दै आएका विष्णु सापकोटासँग उनले बिहे गर्न लागेकी हुन्।
दुवैले निकटका साथीहरूलाई बिहेको जानकारी दिँदै निम्तो समेत गरिसकेका छन्। गीतकार समेत रहेका सापकोटा बागलुङ निवासी हुन् । उनी अहिले अष्ट्रेलियामा व्यवसाय सञ्चालन गर्दै आएका छन् । एलिनाको स्थायी घर झापा हो ।
गत वर्षको तीज कार्यक्रममा अष्ट्रेलिया पुगेकी एलिना र विष्णुबीच त्यतिबेलादेखि नै प्रेम सम्बन्ध रहेको थियो । यसअघि यी दुईबीच प्रेमपछि ब्रेकअपको खबर फैलिएको थियो । यो खबरलाई उनले नकारेकी थिइन् ।