विदेशबाट अनलाइन समान खरिदको सहज माध्यम बन्दै ‘नबिल भर्चुअल आईकार्ड’

काठमाडौं । पछिल्लो समय नेपालमा डलर कार्ड प्रयोग गर्ने ग्राहकको संख्या बढ्दै गएको छ । प्रयोगकर्ता बढ्दै गएसँगै बैंक तथा वित्तीय संस्थाहरूले पनि डलर कार्डमा सुविधा तथा फिचरहरू थप गर्दै लगिरहेको छन् ।

डलर कार्ड जारी हुनभन्दा अघि विदेशबाट अनलाइनमार्फत सामान वा सेवा खरिद गर्दा त्यसको भुक्तानीका लागि नेपालीहरुले विदेशी कार्डको सहारा लिँदै आएका थिए । विदेशमा भएका आफन्त वा साथीभाइको कार्डमार्फत यस्तो रकम तिर्नुपर्दथ्यो । तथापि, नेपालमा प्रिपेड डलर कार्ड वा डलर खाता भने यसअघि नै सञ्चालनमा रहेको थियो । केन्द्रीय बैंकले डलर कार्ड सुविधा ल्याएसँगै अनलाइनमार्फत कारोबार गर्न मिल्ने भएकाले यसमा सेवाग्राहीको आकर्षण बढेको हो ।

सन् २०२१ देखि नै डलर कार्डको सुरूवात गरेको नबिल बैंकले डलर कार्डको सुविधालाई थप परिस्कृत बनाउँदै लगेको छ ।

पहिलेपहिले कार्ड लिनको लागि भौतिकरूपमा बैंकमा नै उपस्थित हुनुपर्ने बाध्यता थियो । उक्त कार्डको दायरा साँधुरो थियो । अनलाइन सपिङ, आइएलटीएस, टोफल, जीआरईलगायतको भुक्तानीको लागि मात्र उक्त कार्डको प्रयोग हुन्थ्यो ।

अनलाइनबाट लिन सकिने सुविधाका लागि भौतिक कार्डको नै आवश्यकता नपर्ने भएपछि उक्त सुविधालाई  एपबाट प्रयोग गर्न मिल्ने बनाइयो । त्यसपछि बैंकले थप सुविधासहित ‘भर्चुअल डलर आइकार्ड’ लन्च गर्यो । जसबाट २ वटा काम गर्न मिल्छ ।

एउटा आफ्नो खातामा भएको पैसा डलरमा कन्भर्ट गरेर टपअप गर्न सकिन्छ । ग्राहकले एकै पटक वा पटक पटक गरी एक वर्षमा ५०० डलरबराबरको विदेशी मुद्राको सटही गर्न सक्नेछन् ।

त्यसैगरी, विदेशबाट पनि डलर कार्डमा रकम जम्मा गर्न सकिन्छ । यसको अधिकतम सीमा भने वर्षको पाँच हजार डलर तोकिएको छ ।

डलर कार्डको नवीकरण अवधि ४ वर्ष रहने गरेको छ । अर्थात नबिल बैंकले जारी गर्ने कार्डको म्याद ४ वर्षको हुनेछ ।

बैंकमा खाता भएका ग्राहकहरुले उक्त कार्डमार्फत वार्षिक अधिकतम ५०० डलर बराबरको ई–कमर्शमार्फत अनलाइन सपिङ गरी विश्व भर (भारत बाहेक) भुक्तानी गर्न सक्नेछन् ।

अनलाइनबाटै लिन सक्ने भएपछि कार्ड लिने ग्राहकको आकर्षण बढेको बैंकले जनाएको छ ।

के हो डलर कार्ड ?

डलर कार्ड भनेको अनलाइनमार्फत नै विदेशमा सपिङ गर्नका लागि नेपालमा दिइने कार्ड हो। अनलाइनबाट खरिद गरिने विदेशी सामान तथा सेवाको शुल्क यसै कार्डमार्फत भुक्तानी गर्न सकिन्छ । यसबाट   नेटफ्लिक्स, अमेजन जस्ता प्लेटफर्ममार्फत भुक्तानी गर्न सकिनेछ । सामाजिक सञ्जालमार्फत आफ्नो व्यवसायलाई डलर कार्डका माध्यमबाट रकम भुक्तान गरी तत्कालै व्यवसायिक प्रवर्द्धन (बुस्ट) गर्न सकिन्छ । यस कार्डमार्फत अध्ययन, भ्रमणका लागि बाह्य देशमा जाँदा रकम भुक्तान गर्न सकिन्छ ।

डलर कार्डबाट विदेशी वस्तु तथा सेवाको खरिदको भुक्तानी बाहेक अन्य पूँजीगत कारोबारको लागि भने खर्च गर्न पाइनेछैन ।

सो कार्ड लिन ग्राहकहरुको खातासँगै प्यान कार्ड पनि अनिवार्य हुनेछ । नबिल बैंकले नेपाली बैंकिङ क्षेत्रमा नविनतम् सेवाको सुरुवात गर्न अग्रणी भूमिका खेल्नुका साथै नेपालको बैंकिङ विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ ।

कार्ड जारी गर्दा कार्डको शुल्क ५ सय रुपैयाँ लाग्छ । त्यसपछि प्रतिकारोबार अर्को ५ सय रुपैयाँ कारोबार शुल्क लिइन्छ ।

कसरी लिन सकिन्छ ?

डलर कार्डको लागि अनलाइनबाटै आवेदन दिन सकिन्छ । यदि तपाईंसँग नबिल बैंकको खाता छ भने डलर कार्डका लागि आवेदन दिन सकिन्छ । तर बैंकमा आफ्नो केवाइसी विवरण भने अद्यावधिक भएको हुनुपर्नेछ ।

प्रचलित कानुन अनुसार आफूले सो रकम खर्च गर्ने भनी स्वघोषणाको फारम पनि ग्राहकले भर्नुपर्छ । एउटा कार्ड लिइसकेपछि अर्को बैंकबाट नलिएको वा नलिने प्रतिबद्धता गर्नुपर्छ । आफ्नो प्यान कार्ड र नागरिकताको प्रतिलिपि पनि चाहिन्छ । प्यान नम्बर नहुनेले भने यस्तो कार्ड पाउँदैनन् । यदि सो बैंकमा आफ्नो खाता नभएको खण्डमा भने खाता खोल्नका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पूरा गर्नुपर्छ । हरेक कुरालाई डिजिटल बनाउँदै लगिरहेको नबिल बैंकमा अनलाइनबाटै सजिलै नयाँ खाता खोल्न सकिन्छ ।

राष्ट्र बैंकका अनुसार डलर कार्डमा लोड भएको रकम आइएलटीएस, टोफल, जीआरईलगायत विदेशमा अध्ययन गर्नको लागि खर्च हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *