सिटिजन्स बैंक इन्टरनेशनलको ७ हजार कित्ता संस्थापक शेयर विक्रीमा

सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले ७ हजार ७९ दशमलव २८ कित्ता संस्थापक शेयर आजदेखि विक्री गर्ने भएको छ । बैंकले शेयरधनी शारदा देवी प्रधानको नाममा रहेको उक्त शेयर विद्यमान संस्थापक शेयरधनीले मात्र खरिद गर्न सक्ने गरी विक्री गर्ने भएको हो ।
शेयरको न्यूनतम मूल्य रू १४३ रहेएको छ । तोकिएको मूल्यको अधिनमा रही आगामी ३५ दिनभित्र इच्छुक संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्ने बैंकले जानकारी दिएको छ । पहिलो चरणमा संस्थापक शेयरधनीहरुबाट खरिद माग नभएमा अन्य व्यक्ति तथा संस्थाहरुमा यो शेयर विक्री गरिने बैंकले जानकारी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *