काठमाडौं । भोलि चैत १० गते काठमाडौँका अधिकांश ठाउँमा विद्युत आपूर्ति बन्द हुने भएको छ । नेपाल विद्युत प्राधिकरणले एक सूचना जारी गर्दै काठमाडौँ १३ स्थानमा विद्युत सेवा बन्द हुने भएको हो ।
प्राधिकरण प्रणाली सञ्चालक विभागले टेकु सबस्टेसनमा १३२.११ के.भी, ४५ एम.भि.ए ट्रान्सफरमर १ र २ लाई गर्नका लागि टेकु सवस्टेसनबाट आपूर्ति हुने सेवा बन्द हुने भएको हो ।
भोलि बिहान ११ बजेदेखि १ः३० बजेसम्म विद्युत आपूर्ति बन्द हुने प्राधिकरणले जानकारी दिएको छ ।
Artha Sanjal
अर्थ सन्जाल