कुमारी बैंकको २० हजार कित्ता सेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले २० हजार कित्ता संस्थापक समूहको सेयर बिक्रीमा ल्याएको छ । बैंकको संस्थापक सेयरधनीको नाममा रहेको २० हजार कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।

इच्छुक संस्थापक सेयरधनीहरुले काठमाडौंको नक्सालमा रहेको कुमारी क्यापिटल वा टंगालमा रहेको कुमारी बैंकको प्रधान कार्यालयमा आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ।

तोकिएको समयभित्र संस्थापक सेयरधनीहरुबाट खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *