ग्लोबल मनी वीकको अवसरमा कृषि विकास बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा विहिवार कृषि विकास बैंकद्धारा विद्यार्थी संग वित्तिय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंकले पनि ग्लोबल मनि वीक सप्ताहब्यापी एक कार्यक्रम गरी मनाएको हो । सन् २०१२ देखी मार्च महिनामा संसार भर मनाउँदै आएको साक्षरता वित्तिय कार्यक्रमलाई कृषि विकास बैंकले सम्पन्न गरेको छ ।

कृषि विकास बैंक कर्णाली प्रदेश कार्यालयले वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरी ग्लोबल मनि वीक मनाएको हो । बैंकको कर्णाली प्रदेश कार्यालय सुर्खेतले प्रदेश राजधानी विरेन्द्रनगर सुर्खेतमा भएको नरहरिनाथ अध्ययन केन्द्रमा अध्यय्नरत विद्यार्थीहरुलाई वित्तिय साक्षरता बारे जानकारी गराएको थियो । सोही कार्यक्रमका प्रमुख अतिथि एवं बैंकका बरिष्ठतम उप–महाप्रवन्धक प्रताप सुवेदीले प्रविधिमैत्री वैकिङ कारोबारोको आजको आवश्यकताको महत्व बताए ।

उनले भने, ‘वित्तिय साक्षरता कार्यक्रममा बैंकका सेवाहरु विद्युतिय वैंकिङ सेवा कर्जा निक्षेप एजेन्सी सेवा लगायत अन्य विषयका सम्बन्धमा प्रकाश पारेका थिए’। नरहरिनाथ अध्यय्न केन्द्रका तीन सय जना विद्यार्थीको वित्तिय साक्षरता अभियान कार्यक्रममा सहभागीता रहेको थियो । सोही कार्यक्रममा विद्यार्थीलाई बैंक खाताको महत्व,खाताबाट कारोबार गर्दा हुने फाईदा कारोबारो गर्दा अपनाउनु पर्ने सावधानी,पारिवारिक खर्चको लेखा पालन विषयका बारे जानकारी गराएका थिए ।

कार्यक्रममा वित्तीय साक्षरताका सम्बन्धमा बैंकका सेवाहरू, विद्युतीय बैंकिंङ सेवा, कर्जा, निक्षेप, एजेन्सी सेवा लगायत अन्य विषयका सम्बन्धमा बैंकका बरिष्ठतम उप महाप्रबन्धक प्रताप सुवेदीले प्रकाश पारेका थिए ।

विद्यालयका विभिन्न कक्षामा अध्ययन्रत विद्यार्थिहरुलाई बैंक खाताको महत्व, खाताबाट कारोबार गर्दा हुने फाइदा, विद्युतीय कारोबार गर्दा अपनाउनु पर्ने सावधानी, पारिवारिक खर्चको लेखा जस्ता विषयका सम्बन्धमा जानकारी गराए ।

कार्यक्रममा कर्णाली प्रदेश कार्यालयका वरिष्ठ शाखा प्रमुख नरेन्द्र भण्डारीले स्वागत मन्तव्य राखेका थिए । सन् २०१२ देखी सञ्चालन हुँदै आएको यस कार्यक्रमबाट सन् २०२३ मा मात्र विश्वभरिका १७६ मुलुकका ४० हजार संस्थाहरूको संलग्नता मार्फत १२ करोड जनसंख्या यस कार्यक्रमबाट लाभान्वित भएका छन् ।

बैंक तथा वित्तीय संस्था मार्फत अनलाइन कारोबार गरी नगद रहित समाजको सृजना गर्दै हरित मुद्राका माध्यमबाट वातावरण संरक्षणमा योगदान दिने यस कार्यक्रमको उद्देश्य रहेको छ ।

कार्यक्रममा नरहरिनाथ अध्ययन केन्द्रका प्रधानाध्यापक सुर्यनाथ योगीले मन्तब्य राखेका थिए भने बैंकका प्रदेश निर्देशक डा.सुरोज टण्डनको अध्यक्षतामा सञ्चालन भएको थियो । उक्त कार्यक्रममा निर्देशक डा.सुरोज टण्डनले बैंकले ‘नुन देखी सुनसम्म; बहुआयामिक सेवा प्रवाह गर्दै आइरहेकाले बिद्यार्थिहरुलाइ बैकमा खाता खोली बैंकसंग जोडिन आग्रह समेत गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *