


काठमाडौं। सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको गाँजा बरामद गरिएको छ। सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा गएराति बरामद गरेको हो।
राति १:३५ बजे सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोसी नदीबाट ६ जनाले डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले गाँजा बरामद गरेको हो।
रातको समय भएकाले डुंगामा गाँजा लिएर आउने व्यक्तिहरू फरार भएको सशस्त्र प्रहरीको सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। उनका अनुसार फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ किलो गाँजा बरामद भएको छ।
Artha Sanjal

अर्थ सन्जाल