


काठमाडौं। पानी परेपछि दुई पटक रोकिएको नेपाल र हङकङबीचको खेल रद्द भएको छ ।
त्रिकोणात्मक टी–२० आई सिरिज अन्तर्गत नेपाल र हङकङबीचको पहिलो खेलमा टस हारेर ब्याटिङ गरेको हङकङले ८ ओभरमा २ विकेट गुमाएर ६५ रन बनाएको थियो ।
नेपालका करण केसी र गुलसन झाले एक–एक विकेट लिए । नेपाल फ्रेन्डसिप कपको एकमात्रै खेलमा हिजो हङकङसँग ७३ रनले पराजित भएको थियो । सिरिजमा नेपालले मंगलबार पपुवा न्युगिनीसँग खेल्नेछ ।
Artha Sanjal

अर्थ सन्जाल