आज पनि घट्यो सुनको मूल्य, यस्तो छ भाउ

सुनको भाउ मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ ।  सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएकाे थियो ।

मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *