नेपाल टेलिकमले गर्यो लाभांश घोषणा

नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम) ले आर्थिक वर्ष २०७७र७८ का लागि लाभांश घोषणा गरेको छ । कम्पनी सञ्चालक समितिको हिजो सोमबार बसेको बैठकले गत आर्थिक वर्षका लागि कुल ४० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । जसमा २० प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) छन् ।

नेपाल टेलिकमले पहिलोपटक बोनस सेयर दिने घोषणा गरेको छ । यसअघि कम्पनीले नगद लाभांशमात्रै दिँदै आएको थियो ।यसैबीच सञ्चालक समितिको बैठकले आफ्नो १४ औँ वार्षिक साधारणसभा पनि डोकेको छ । सभा यही चैत २४ गते काठमाण्डौको टुँडिखेलस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बिहान ११ बजेबाट सुरु हुनेछ ।

सोही सभाले गत आर्थिक वर्षका लागि घोषित लाभांश अनुमोदन गरेपछि कार्यान्वयनमा आउनेछ । सभाले बोनस सेयर जारी पनि कम्पनीको जारी तथा चुक्ताँपुजी १८ अर्ब रुपैयाँ पुर्याउने विशेष प्रस्ताव पनि पारित गर्नेछ ।

सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनलगायतका महत्वपूर्ण दस्तावेजहरु छलफल गरी अनुमोदन गर्नेछ । लाभांश र सभा प्रयोजनका लागि कम्पनीले यही चैत ११ गतेदेखि चैत २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । यसको अर्थ चैत १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *