काठमाडौं । संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रतिनिधिसभामा दर्ता भएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनितादेवी साहले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० दर्ता गराएको संसद् सचिवालयले जानकारी दिएको छ ।
यसअघि सरकारले संघीय संसद सचिवालयमा दर्ता गर्न लगेको संघीय निजामती विधेयकमा सैद्धान्तिक लगायतका प्राविधिक पक्ष मिलाउनुपर्ने देखिएको भन्दै दिउँसो मिलाएर ल्याउन सचिवालयले सरकारलाई सुझाव दिएको थियो ।
Artha Sanjal
अर्थ सन्जाल