इसेवा मनी ट्रान्सफर र प्रभु म्यानेजमेन्ट रेमिट्यान्सबीच भुक्तानी सम्बन्धि सम्झौता भएको छ ।
यस सम्झौतासँगै संसारका २०० बढी मुलुकबाट इसेवा मनी ट्रान्सफरमार्फत नेपाल पठाएको रेमिट्यान्स, इसेवा मनी ट्रान्सफरका भुक्तानी केन्द्र र ईसेवा वालेटसँगै अब प्रभु म्यानेजमेन्टसँग आवद्ध सहकारी संस्थाहरुबाट समेत इसेवा मनी ट्रान्सफरमार्फत भुक्तानी गर्न सकिनेछ ।




