युएइको फेडरल एक्सचेन्जबाट पठाएको पैसा जिएमइ रेमिटबाट पाइने

युएइस्थित ख्याति प्राप्त मनी एक्सचेन्ज कम्पनी फेडरल एक्सचेन्ज र जिएमइ रेमिटबीच रेमिट्यान्स सम्झौता भई कारोबार सुरु भएको छ ।

उक्त सम्झौतामा नेपालका जिएमइ रेमिटको तर्फबाट प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेल र फेडरल एक्सचेन्जको तर्फबाट रजह आर आर लियानागेले हस्ताक्षर गरेका छन् ।

यो सम्झौतासँगै युएइमा रहेका नेपालीहरुले फेडरल एक्सचेन्जका कुनै पनि ११ शाखाबाट जिएमइ रेमिटमार्फत नेपालमा रहेका आफन्तलाई पैसा पठाउन सक्ने भएका छन् ।

यसरी पठाएको रेमिट्यान्स रकम नेपालमा रहेका जिएमइ रेमिटसँग आवद्ध २० हजारभन्दा बढी एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिने छ । साथै नेपालमा रहेका जुनसुकै बैंक तथा बित्तिय संस्थाहरुमा तुरुन्त रकम भुक्तानी लिन मिल्ने गरी रियल टाइम डिपोजिट गर्न सकिने र यसका साथै आइएमइ पे वालेट मा पनि सजिलै पैसा पठाउन र पाउन सकिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *