काठमाडौं। हाम्रो समाजमा महिलालाई अझै पनि धेरै समस्या र अवरोधले गाँजी रहेको हुन्छ। महिलाहरूलाई सहयोगी हात पाउन र खोज्न गाह्रो हुन्छ। महिला श्रीमान् वा परिवारको आम्दानीमा निहित हुनुपर्छ भन्ने मान्यता अझैँ पनि कायमै छ।
आर्थिक निर्भरता, पहुँचयोग्य समर्थनको अभाव र सांस्कृतिक दबाबले महिलाहरू सधैँ पीडा सहेर बसेकै हुन्छन्। उनीहरू दुर्व्यवहारको रिपोर्ट गर्न हिचकिचाउँछन्। हिंसाको चक्र तोड्न महिलाहरूले आफ्ना अनुभवहरू साझा गर्न सक्ने ठाउँ छैन। महिलाका लागि सुरक्षित ठाउँहरू सिर्जना गर्न र दुर्व्यवहारलाई निरन्तरता दिने सामाजिक मान्यताहरूलाई चुनौती दिन सचेतना अभियान बढाउन आवश्यक छ।
पछिल्लो समय भने केही महिलाहरू खुलेर समाजमा आफ्नो धारणा राख्न सक्ने भएका छन्। त्यसरी सामाजिक परिधिलाई तोड्दै सफलता प्राप्तिका निम्ति उद्यमशीलतामा आएकी साहसी महिला हुन् अमिरा।
सर्लाहीको हरिवनमा जन्मेकी अमिरा जेठो सन्तान हुन्। उनका बुवा उद्यमी थिए। आमा गृहिणी। उनले आफ्नो प्रारम्भिक शिक्षा श्री महादेव जनता माध्यमिक विद्यालयमाबाट गरेकी हुन्। उनले २०४८ मा सोही विद्यालयबाट एसएलसी पास गरेकी थिइन्। उनले चतुर भुजेश्वर जनता क्याम्पस सुकेपोखरीबाट २०५१ प्रवीणता प्रमाणपत्र तह पास गरिन्।
समय बित्दै गयो। छोरीहरू बुझ्ने हुँदै गए। उनीहरूलाई आमाले दिएको शिक्षाले प्रेरित गरिरहेको थियो। घरमा आमामाथि भइरहेको हिंसाका साक्षी थिए उनीहरू। त्यसैले आमालाई अन्यायका विरुद्ध लड्न साथ दिए।
१९ वर्षको उमेरमा नै उनको विवाह भयो। वैवाहिक जीवन २४ वर्ष जसोतसो चल्यो। उनले कैयन पीडाहरूलाई हृदयमा गाँठो पारेर बसेकी थिइन्। सहनै नसक्ने भएपछि विवाहको २० वर्षपछि आफूमाथि भइरहेको हिंसाका बारेमा बोल्न थालेकी थिइन्। थप पीडालाई सहन नसक्ने भएपछि अमिरा वैवाहिक सम्बन्धलाई विश्राम दिने अवस्थामा पुगेकी हुन्। दुई वर्ष यता अमिरा वैवाहिक सम्बन्धलाई विश्राम दिएर खुसी जीवन बाँचिरहेकी छन्।
वि. सं. २०६२ सालमा उनी परिवारसँगै काठमाडौं आइन्। उनलाई संघर्ष गर्दै अगाडि बढ्ने रहर सानैदेखि थियो। काठमाडौं आउँदा उनका दुई छोरीहरू भइसकेका थिए। त्यसैले पढ्ने समय निकाल्न सकिनन्। काठमाडौं आएपछि उनले सहकारीमा काम गरिन्। अमिरा एक निडर साहसी महिला हुन्।
‘समाजको डर, परिवारको डर, ममा एक प्रकारको लज्जा थियो। आमाले बिहे गरेर गइसकेपछि जे जस्तो भए पनि सहेर बस्नुपर्छ भन्नु हुन्थ्यो। छोरी मान्छेका इच्छा, आकांक्षा पुरुषभन्दा पढी हुनु हुँदैन भन्ने हाम्रो सामाजिक मान्यता छ। पुरुषले महिलाभन्दा सधैँ आफूलाई श्रेष्ठ नै देखाउन चाहन्छ। यी सबै तिता अनुभव मसँग छन्,’ उनले भनिन्। उनले छोरीलाई आफू सक्षम हुनुपर्छ भन्ने शिक्षा दिइरहेकी थिइन्। आफ्ना लागि आफैँ केही गरेर बाच्नसक्ने हुनुपर्छ भनिरहेकी थिइन्।
समय बित्दै गयो। छोरीहरू बुझ्ने हुँदै गए। उनीहरूलाई आमाले दिएको शिक्षाले प्रेरित गरिरहेको थियो। घरमा आमामाथि भइरहेको हिंसाका साक्षी थिए उनीहरू। त्यसैले आमालाई अन्यायका विरुद्ध लड्न साथ दिए। छोरीहरूको साथले पीडाबाट बाहिरिएर जीवनका केही वर्ष भए पनि आफ्नो लागि बाच्नुपर्छ भन्ने अमिरालाई लाग्यो। उनलाई खुसीले आफूलाई कुरिरहे झैँ लाग्न थालेको थियो। आजाद पन्छिभएर निल गगनमा पखेटा फटफटाउँदै उडेको पन्छी झैँ उड्न उनलाई मन लागिरहेको थियो।
वैशाख यता उनले आर्थिक समस्याको कारण गार्मेन्टको व्यवसाय बन्द गरेकी छन्। अहिले उनले बानेश्वरमा बुटिक सञ्चालन गरेकी छन्।
अमिराले विदेश जाने तयारी गरेकी थिइन्। म्यानपावरमा पार्सपोर्ड बुझाएर फर्किंदा भाइसँगै भाइको साथीको घर पुगिन्। पाटन ढोकामा उनको भाइका साथीले मास्कको व्यवसाय गरिरहेका थिए। मास्कको व्यवसाय गरेको देखेपछि उनमा पनि मास्क बनाउने काम सिक्ने इच्छा जागृत भयो। केही समयपछि उनले त्यही मास्क बनाउने काम सिकिन्।
काम सिकिसकेपछि २०७१ सालमा उनले सुरुमा मास्कको व्यवसाय सुरु गरिन्। सुरुमा उनले ५ हजारको कपडा किनेर ल्याएर मास्क बनाइन्। जसबाट १० हजार फाइदा भयो। मास्कबाट राम्रै आम्दानी हुने उनले विदेश जाने निर्णय त्यागिन्। त्यसको केही समयपछि उनको व्यवसाय बन्द हुने अवस्थामा पुग्यो। किनकि चाइनाबाट मास्कहरू आउन थालेपछि उनले उत्पादन गरेका मास्क कमैले प्रयोग गर्न थाले।
त्यसपछि उनले गार्मेन्टको व्यवसाय ट्राउजर, टिसर्ट, पलाजो सिलाएर बेच्ने काम गर्न थालिन्। उक्त व्यवसाय उनले दुई वर्षसम्म गरिन्। उनले जोरपाटीमा सुरुमा तीन वटा मेसिन राखेर काम सुरु गरेकी थिइन्। पछि पाँच वटा मेरीसन राखेर आठ जनालाई रोजगारी पनि दिइन्। २०७३ देखि २०७६ सम्म उक्त व्यवसायलाई अमिराले निरन्तरता दिइन्। व्यवसाय राम्रै थियो। मासिक दुई लाख आम्दानी गरिरहेकी थिइन्। ८ जनालाई उद्यमशीलता पनि प्रदान गरिरहेकी थिइन्।
सोही समयमा उनी महिला उद्यमी महासंघसँग जोडिन पुगिन्। त्यहाँबाट उनले बेला-बेलामा व्यवसाय, बजारीकरण सम्बन्धी तालिम लिएकी थिइन्। गार्मेन्टबाट उनले राम्रै आम्दानी पनि गरिरहेकी थिइन्।
वैशाख यता उनले आर्थिक समस्याको कारण गार्मेन्टको व्यवसाय बन्द गरेकी छन्। अहिले उनले बानेश्वरमा बुटिक सञ्चालन गरेकी छन्। उनको मासिक आम्दानी ४० देखि ५० हजारसम्म हुनेगर्छ। उनलाई गार्मेन्टकै व्यवसाय गर्न मन छ। तर, अब आउँदो वैशाखसम्म पुँजीको व्यवस्था भए व्यवसाय सञ्चालनमा ल्याउने उनको योजना छ।
अमिरा घिमिरे एक सफल उद्यमी हुन्। उनी निर्भीकताका साथ आफ्नो उद्यमलाई अगाडि बढाइरहेकी छन्। उनले समाजमा उद्यमी भएर सफल जीवन जिउनुपर्छ भन्ने अठोट बोकेकी छन्। उद्यमशीलताका माध्यमबाट समाज र राष्ट्रलाई सकेको योगदान पुर्याउनुपर्छ भन्ने दृढता अमिरामा छ।
अर्थ सन्जाल