अर्घाखाँची सिमेन्ट लिमिटेडद्धारा उत्पादित अर्घाखाँची ओपिसी सिमेन्टले नेपाल सरकारको ५३ ग्रेड सिमेन्टको इजाजत प्राप्त गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले एनएस–५७२ प्रमाणीकरण गरी कम्पनीलाई ५३ ग्रेडको प्रमाणपत्र हस्तान्तरण गरेको हो ।
आफ्नो उत्पादनको गुणस्तर नेपाल सरकारद्धारा औपचारीकरुपमा नै प्रमाणित भएको भन्दै कम्पनीले गुणस्तरीय सिमेन्टको उत्पादन र बिक्रीवितरणलाई सँधै प्राथमिकतामा राख्ने जनाएको छ ।
गुणस्तर तथा नापतौल विभागले सिमेन्टमा उच्च गुणस्तरको सुनिश्चितता गर्ने उद्देश्यले यस वर्षदेखि एनएस–५७२ को अवधारणा सहित ग्रेडिङ प्रणालीलाई अघि सारेको हो । क्लिंकर, ओपिसी र पिपिसी सिमेन्टको उत्पादन गरिरहेको अर्घाखाँची सिमेन्ट नेपालकै सबैभन्दा ठूलो कम्पनीमध्येको एक हो ।
गत आर्थिक वर्ष पब्लिक लिमिटेडमा परिणत भएसँगै यस कम्पनीले आइपीओमा जाने तयारी सुरु गरिसकेको छ ।