एक महिनामा वाणिज्य बैंकको निक्षेप १४ अर्बले बढ्यो

एक महिनामा वाणिज्य बैंकहरुको निक्षेप संकलनमा सुधार देखिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार फागुन ६ गते वाणिज्य बैंकहरुमा ४३ खर्ब १२ अर्ब रुपैयाँ निक्षेप भएको थियो । निक्षेप फागुन महिनाको अन्तिमसम्म आइपुग्दा १४ अर्ब रुपैयाँ बराबरले वृद्धि रहेको हो ।

फागुन १३ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब १३ अर्ब रुपैयाँ निक्षेप रहेको थियो । निक्षेप संकलन बढेर फागुन २० गतेसम्म वाणिज्य बैंकमा ४३ खर्ब २४ अर्ब रुपैयाँ पुगेको छ ।

फागुन महिनामा वाणिज्य बैंकहरुले १० अर्ब कर्जा प्रवाह गरेको हुन् । फागुन ६ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ५९ अर्ब कर्जा प्रवाह गरेका थिए ।

फागुन २० गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ७० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *