


काठमाडौं । फर्निचर फिटिङ्स प्रदायक कम्पनी हेटिचले ललितपुरमा एप्लिकेसन सेन्टर सञ्चालनमा ल्याएको छ । कम्पनीले हेटिच इन्डियाका वरिष्ठ व्यवस्थापन, व्यावसायिक सहयोगीहरू, वास्तुकला तथा डिजाइनका प्रतिष्ठित सदस्यहरूको उपस्थितिमा नयाँ एप्लिकेसन सेन्टरको सुरुवात गरेको हो ।
उद्घाटनपछि हेटिच इन्डिया, मध्यपूर्व, अफ्रिका र सार्कका प्रबन्ध निर्देशक आन्द्रे इकहोल्टले हेटिचले एप्लिकेसन सेन्टरहरूको अवधारणामा उद्योग अग्रगामी भएर उपभोक्तालाई आफ्नो वासस्थानको फर्निसिङ अनुभव गर्ने तरिकामा क्रान्तिकारी परिवर्तन ल्याउन सफल भएको बताए । उनले भने, ‘हेटिचका लागि नेपाली बजार निरन्तर रूपमा महŒवपूर्ण रहेको छ र यहाँ हामीले यसको वृद्धिको ठूलो सम्भावना देखेका छौँ ।’
सोसाइटी अफ नेप्लिज आर्किटेक्ट (सोना)का अध्यक्ष ईश्वरलाल जोशीको प्रमुख आतिथ्यमा नेपालमा पहिलोपटक आधिकारिक रूपमा आफ्नो नयाँ एप्लिकेसन सेन्टर सञ्चालनमा आएसँगै कम्पनीले अत्याधुनिक फर्निचर फिटिङ्स नेपाली बजारमा प्रस्तुत गर्ने दिशामा एक प्रमुख कदम भएको जनाएको छ ।
तीन हजार स्क्वायर फिटभन्दा बढीमा फैलिएको यस सेन्टरले ग्राहकलाई हेटिचको अत्याधुनिक फर्निचर फिटिङ तथा हार्डवेयरको प्रयोग गरी घर तथा अफिसका स्पेसमा मनमोहक टच–एन्ड–फिल प्रदान गर्ने कम्पनीको दाबी छ । हेटिच जर्मनीको एक सय ३५ वर्ष पुरानो परिवारको स्वामित्वमा रहेको जीवन शैलीको ब्रान्ड भएको जनाइएको छ । वार्षिक एक अर्ब ५० करोड युरोभन्दा बढीको विश्वव्यापी कारोबार रहेको यो उद्योगमा करिब ८० देशमा आठ हजारभन्दा बढी कामदार रहेको जनाइएको छ ।

अर्थ सन्जाल