काठमाडौं। नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । नेपाल राष्ट्र बैंकका अनुसार आज डलर एकको खरिददर १३२ रूपैयाँ ५१ पैसा र बिक्रीदर १३३ रूपैयाँ ११ पैसा कायम गरिएको छ।
त्यस्तै, आज युरोपियन युरो एकको खरिदमा भने १४२ रूपैयाँ ८६ पैसा र बिक्रीमा १४३ रूपैयाँ ५१ पैसा पाइन्छ। बेलायती पाउण्ड स्टर्लिङ एकको खरिददर आज १६७ रूपैयाँ ९४ पैसा र बिक्रीदर १६८ रूपैयाँ ७० पैसा तोकिएको छ।
त्यसैगरी, अष्ट्रेलियन डलर एकको खरिदमा आज ८६ रूपैयाँ ४५ पैसा र बिक्रीमा ८६ रूपैयाँ ८४ पैसा तोकिएको छ। क्यानेडियन डलर एकको खरिदमा भने ९८ रूपैयाँ ५६ पैसा र बिक्रीमा ९९ रूपैयाँ ०१ पैसा पाइन्छ।
यस्तै, कतारी रियाल एकको खरिदमा ३६ रूपैयाँ ३४ पैसा र बिक्रीमा ३६ रूपैयाँ ५० पैसा पाइन्छ। राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर आज ३५ रूपैयाँ ३३ पैसा र बिक्रीदर ३५ रूपैयाँ ४९ पैसा तोकेको छ। युएई दिराम एकको खरिदमा ३६ रूपैयाँ ०८ पैसा र बिक्रीमा ३६ रूपैयाँ २४ पैसा पाइन्छ। मलेसियन रिंगिट एकको खरिदमा बुधबार २७ रूपैयाँ ८० पैसा र बिक्रीमा २७ रूपैयाँ ९३ पैसा पाइन्छ।
बुधबार कुवेती दिनार एकको खरिदमा ४३० रूपैयाँ ३३ पैसा र बिक्रीमा ४३२ रूपैयाँ २७ पैसा पाइन्छ। त्यसैगरी, आज बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ ५२ पैसा र बिक्रीदर ३५३ रूपैयाँ ११ पैसा तोकिएको छ।
अर्थ सन्जाल