काठमाडौं । विद्युतीय गाडीको माग विस्वब्यापी रूपमा दिनानुदिन बढ्दै गईरहेको छ। नेपाली बजारमा पनि पछिल्लो समय यसको माग अत्याधिक रहेको र सोही अनुरुप विद्युतीय गाडी बिक्री गर्दै आएको अटो कम्पनीहरूले जनाएका छन्।
केहि समय यता विद्युतीय गाडीमा उपभोक्ताको आकर्षण बढी छ । यसले विद्युतको उपयोगसँगै सञ्चालन तथा मर्मत खर्च कम हुने र वातावरणमैत्री हुने भएकाले ग्राहकको पहिलो रोजाइ विद्युतीय सवारी बन्ने गरेको जानकारहरु बताउँछन्।
नेपालमा छिमेकी मुलुक चीन र भारतसहित अमेरिका र कोरियाबाट विद्युतीय कार, जीप र भ्यान आयात हुने गरेको छ । विश्व बजारका लोकप्रिय ब्राण्डको विद्युतीय कार, जीप, भ्यानहरु नेपालमा उपलब्ध छन् ।
इतिहास हेर्ने हो भने नेपालमा विद्युतीय सवारी साधन चल्न सुरु भएको चार दशक बितिसकेको छ । सन् १९७९ मा काठमाडौंमा ट्रली बस र सन् १९९३ देखि सार्वजनिक यातायायतको रुपमा सञ्चालन भएको सफा टेम्पोको इतिहास हामीसँग ताजै छ । तर विद्युतीय सवारीको महत्वलाई नबुझ्दा गति लिन सकेन ।
यद्यपि, विश्वव्यापी रुपमा आएको परिवर्तन र समयको माग सँगसँगै अहिले नेपालमा पनि विद्युतीय सवारी साधनलाई प्राथमिकतामा राख्न थालिएको छ । सरकारले बजेटमार्फत नै विद्युतीय सवारीलाई प्रोत्साहन गरेको छ ।
पेट्रोलियम पदार्थबाट चल्ने सवारीका कारण वातावरणमा पर्ने नकारात्मक प्रभाव न्यूनीकरणका लागि विद्युतीय सवारीले महत्वपूर्ण भूमिका खेलेको छ । विद्युतीय सवारी साधन वातावरणमैत्री, कम खर्चिलो र सर्वसुलभ भएकै कारण अहिले सरकारदेखि सर्वसाधारण समेतको रोजाइमा पर्ने गरेको छ । यसले चर्को मूल्यको पेट्रोलियम पदार्थको आयातलाई घटाउँदै स्वदेशमै उत्पादन भएर खेर गइरहेको विद्युतको सदुपयोग भएको छ ।
सरकारले पनि पछिल्लो समय बिधुतिय सवारीलाई प्राथमिकतामा राख्दै आएको छ।
नेपाली बजारमा लोकप्रिय भएका केही एलेक्ट्रोनिक भेहिकलका बिबरण यस्ता छन्।
अर्थ सन्जाल