धनगढी । कैलालीको मोहन्याल गाउँपालिका-७ कुहिनेको अरनिको आधारभूत विद्यालयमा शिक्षिकाबीच कुटाकुट भएको छ।
विद्यालयकी प्रावि स्थायी दरबन्दीकी शिक्षीका देवकी जोशी र वालबिकास शिक्षिका रिता विष्टबीच कुटाकुट भएको हो। माघ २६ गते शुक्रबार विद्यालय समयमा दुबै शिक्षिकाबीच कुटाकुट भएको विद्यालयका प्राधानाध्यापक लोकराज धमलाले बताए।
शिक्षिका विष्टले आफ्नो औला काटेको देबकी जोशीले आरोप लगाकी छन्। जोशी अहिले आफूलाई असुरक्षा भएको भन्दै प्रअलाई जानकारी गराएर धनगढीस्थित घरमा बसिरहेकी छन्। उता विद्यालय व्यबस्थापन समितिले दुबै पक्षलाई छलफल गराई विवाद मिलाउन माघ २९ गते बैठक राखिएको समितिकी अध्यक्ष हस्तनाकुमारी माँझीले बताएकी छन्।
बैठकमा दुबै पक्ष उपस्तिथ नभएका कारण बैठक बिना निश्कर्ष टुङ्गिएको अध्यक्ष माझीले बताइन्। शिक्षिका विष्ट बैठकमा उपस्थित भए पनि जोशीले आफू असुरक्षित भएको भन्दै बैठकमा सहभागिता जनाएकी छनन्। शिक्षिका जोशीलाई चारदिन भित्र हाजिर हुन पत्राचार गरेको व्यवस्थापन समिति अध्यक्ष माझिले जानकारी दिइन्।
अर्थ सन्जाल