काठमाडौँ । सरकारले चालू आर्थिक वर्ष २०८०/८१ को बजेटको आकार घटाएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट १५ खर्ब ३० अर्ब ६६ करोड रुपैयाँमा झार्दै चालु आर्थिक वर्षको बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेका हुन् ।
चालू आर्थिक वर्षका लागि अर्थ मन्त्रालयले १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको बजेट ल्याएको थियो । बजेट २ खर्ब २१ अर्ब रुपैयाँले घटेको छ ।
Artha Sanjal
अर्थ सन्जाल