क्यानडाविरुद्ध अनिल शाहले फेरी हाने अर्धशतक

काठमाडौं । अनिल साहले लगातार दोस्रो खेलमा अर्धशतक पूरा गरेका छन् । तेस्रो एक दिवसीय क्रिकेटमा क्यानडासँग २३३ रनको लक्ष्य पछ्याउने क्रममा अनिलले ५० बलमा अर्ध शतक पूरा गरेका हुन् ।

उनको अर्धशतक मद्दतमा नेपालले १५ ओभरको खेल सकिँदा १ विकेट गुमाएर ८३ रन बनाएको छ ।

यसअघि दोस्रो ओडीआईमा शनिबार पुनरागमन खेलमा अनिलले २० बलमा ५० रन बनाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *