काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले ओरालो लागेको छ। नेप्से परिसूचक १०.५० अंकले घटेर २०८५.८२ को विन्दुमा झरेको हो।
आज ३०५ कम्पनीको १ करोड ५ लाख ७१ हजार १९९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ८ करोड ५६ लाख रुपैयाँको सेयर कारोबार भएको छ । आज ९१ कम्पनीको सेयर मुल्य बढेको छ भने १४८ कम्पनीको शेयर मुल्य घटेको छ ।
आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । आज यस कम्पनीको ६२ करोड ४७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चरः १२ करोड ४ लाख रुपैयाँ,हिमालयन डिस्टिलरीः ९ करोड २३ लाख रुपैयाँ,एनआईसी एशिया बैंकः ८ करोड ४२ लाख रुपैयाँ,हाथवे इन्भेस्टमेन्टः ८ करोड ३० लाख रुपैयाँ,सगरमाथा जलविद्युतः ७ करोड ३५ लाख रुपैयाँ,दोर्दी खोला जलविद्युतः ६ करोड ६५ लाख रुपैयाँ,सोनापुर मिनरल्सः ६ करोड ३० लाख रुपैयाँ,शिवम सिमेन्टः ५ करोड ८७ लाख रुपैयाँ,त्रिशूली जलविद्युतः ५ करोड ६६ लाख रुपैयाँको सर्वाधिक कारोबार भएको छ ।
अर्थ सन्जाल