काठमाडौं । एनआईसी एसिया बैंकका नायव प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) सुधिरनाथ पाण्डेको राजीनामा अस्वीकृत भएको छ । शनिबार बसेको बैंक सञ्चालक समितिको बैठकले पाण्डेको राजीनामा अस्वीकृत गरेको हो । पाण्डेले बुधबार नै बैंकका सीईओ रोशनकुमार न्यौपानेलाई राजीनामा बुझाएका थिए ।
अर्थसञ्जालसँग कुरा गर्दै पाण्डेले भने- ‘लामो समय जागीर गरियो, अब बाँकी समयमा आफ्नै केही व्यवसाय सुरु गरौँ भन्ने हिसाबले राजिनामा दिएको थिएँ । तर राजीनाका विषयलाई अतिरन्जित गरियो । जसले गर्दा सञ्चालक समितिले अनुमति नै दिएन।’
बैंकको खराव अवस्थाका सन्दर्भमा उनी भन्छन् ,’अहिले हाम्रो मात्र होइन,सबै बैंक तथा वित्तीय संस्थाको अवस्था त्यति राम्रो छैन। तर अनुमानकै भरमा आरोप लगाईनु चै गलत हो।’
२०४६ साल मंसिरमा तत्कालिन नेपाल ग्रीण्डलेज बैंक लिमिटेडबाट बैंकिङ्ग क्षेत्रमा प्रवेश गरेका पाण्डेले विभिन्न बैंक तथा एनआईसी एशिया बैंकको विभिन्न विभागदेखि विभागीय प्रमुख हुँदै २०७५ मंसिरदेखि डेपुटी सीईओको रुपमा कार्यरत छन्।
अर्थ सन्जाल