काठमाडौं । महुली लघुवित्तले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।
माघ २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षसम्म कायम रहेको वितरणयोग्य मुनाफालाई सञ्चित गर्ने र लाभांश वितरण नगर्ने निर्णय गरेको हो । लघुवित्तले सोही निर्णय अनुसार गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतीका लागि नेपाल राष्ट्र बैंकमा पेश गर्ने जनाएको छ ।
Artha Sanjal
अर्थ सन्जाल