काठमाडौं । सानिमा रिलायनन्स लाईफइन्स्योरेन्स लिमिटेडको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा ९६.४७ प्रतिशतले बढेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले २१ करोड ९७ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले ११ कारोड १८ लाख ३५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
दोस्रो त्रैमाससम्म कम्पनीको जीवन बीमा कोषमा १२ अर्ब ६९ करोड ६७ लाख रुपैयाँ जम्मा भएको छ । गत आवको सोहि अवधिमा कम्पनीको उक्त कोषमा १० अर्ब ९१ करोड ७६ लाख रुपैयाँ रहेको थियो ।
कम्पनीले कुल बीमाशुल्क संकलन दोब्बरले बढाएको छ । चालु आवको दोस्रो त्रैमासम्ममा कम्पनीले २ अर्ब ७८करोड ६९ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको छ । गत आवको सोहि अवधिमा कम्पनीले १ अर्ब १८ करोड ५ लाख रुपैयाँ बीमाशुल्क संकलन गरेको थियो ।
हाल ४ अर्ब १८ करोड ४० लाख रुपैयाँ चुँक्ता पुजी रहेको कम्पनीको प्रति शेयर आम्दानी १०.५० रुपैयाँ, नेट वर्थ १२५.४४ रुपैयाँ र पीई रेसियो ४४.४७ गुणा रहेको छ ।
चालु आवको दोस्रो त्रैमाससम्म आईपुग्दा कम्पनीले दिर्घकालिन रुपमा १० अर्ब ८८ करोड रुपैयाँ लगानी गरेको छ । त्यसैगरी अल्पकालिन रुपमा ४ अर्ब ७७ करोड रुपैयाँ लगानी गरेको छ ।
अर्थ सन्जाल