काठमाडौं । सागर डिस्टिलरीले प्रिमियम मूल्यमा शेयर बिक्री खुला गरेको छ। कम्पनीले आज एक सूचना प्रकाशित गर्दै प्रिमियम मूल्यमा शेयर बिक्री खुला गरेको हो।
कम्पनीको प्रथम वार्षिक साधारणसभाको निर्णयले कम्पनीको जारी पुँजीमध्ये १० लाख ४५ हजार कित्ता साधारण सेयर संस्थापक सेयरधनीहरुका लागि बिक्री खुला छ। बिक्रीमा राखिएको शेयर प्रतिकित्ता २०० रुपैयाँ तोकिएको छ। कम्पनीले अंकित मूल्य १०० रुपैयाँ प्रिमियमबापत १०० रुपैयाँ थप गरेको छ।
इच्छुक संस्थापक सेयरधनीले ३५ दिनभित्र सेयर खरिदका लागि कम्पनीको सञ्चालक समितिसमक्ष निवेदन पेस गर्नुपर्नेछ।
Artha Sanjal
अर्थ सन्जाल