काठमाडौं । नेपाल हिमालय सिमापार वाणिज्य संघको १२औं महाधिवेशनमा रामचन्द्र पराजुलीले महासचिव पदमा आफ्नो उम्मेद्वारी घोषणा गरेका छन् ।
पराजुली विगत डेढ दशकदेखि व्यवसायीहरुको हकहितमा काम गर्दै आएका छन् । उनले व्यवसायीक विभिन्न संघ संस्थाहरुमा विभिन्न जिम्मेवारी लिएर सफल भइसकेका छन् । पराजुलीले चीनका नाका भएर व्यापार गर्ने व्यवसायीहरुको मर्म, भावना बुझेका छन् ।
उनले विगतमा पनि नाकामा हुने व्यवसायीका समस्या समाधान र सहजिकरणको लागि काम गर्दै आएका छन् । पराजुली व्यापारीका अनेक समस्या सम्बोधनको लागि सरकारी निकायहरुसँग समन्वय गर्दै आएका व्यक्ति हुन उनै पराजुली नेपाल हिमालय सिमापार वाणिज्य संघको १२औं महाधिवेशनमा रामचन्द्र पराजुलीले महासचिव पदमा उम्मेदारी घोषणा गरेका छन् ।
उनले साना तथा मझौला व्यवसायीहरुको छाता संस्था राष्ट्रिय व्यापार संघमा पनि द्धितीय उपाध्यक्ष पदमा रहेर व्यापारीहरुका थुपै्र समस्याहरु संबोधन गर्न सफल भएका छन् । पराजुलीले बैंकको ब्याजदर घटाउने, उत्तरी नाकाका समस्या समाधान गराउन, घरभाडाका कुराहरुलाई मुद्दाका रुपमा लिएर काम गरेका छन । वाणिज्य मन्त्रालयको वाणिज्य विभागको सदस्यको रुपमा पनि काम गरिसकेका छन् ।
उनले नेपाल हिमालय सिमापार वाणिज्य संघको विदेश विभाग समितीको संयोजक रहेर चीनले गरेको बिआरआईको प्रशिक्षणमा भाग लिएर बिआरआई कार्यान्वयनको लागि काम गर्न पनि महासचिव पदमा उम्मेदारी लिएको बताए ।
पराजुलीले व्यवसायिक समस्याको समाधान गर्ने योजनाका साथ महासचिवको उम्मेदार बनेको बताए । उनले चीनबाट व्यवसाय गर्ने व्यवसायीहरुले केरुड र तातोपानी नाकामा भोग्नु परेका समस्या समाधान गर्ने मुख्य एजेण्डाका रुपमा लिएको बताउनु भयो । उनले संघको निर्वाचनमा महासचिव पदमा निर्वाचित भए व्यवसायीहरुले भोग्नु परेका आन्तरिक कर, भ्याट विल र विभिन्न समयमा सरकारले कार्यान्वयन गरेका नीतिगत समस्याहरु हल गर्न मुख्य प्राथमिकतामा राखेको बताए ।
पराजुलीले आफू निर्वाचित हुनासाथ उत्तरी नाकामा सडकको अति नै दयनीय अवस्था रहेका कारण व्यवसायीलाई वर्खायाममा सामान आयात गर्न धेरै समस्या रहेकाले त्यहाँको पूर्वाधार विकासका लागि सरोकारवाला निकायहरुसँग पहल गर्ने प्रतिवद्धता रहेको बताए ।
ट्रक, कन्टेनरहरु व्यवसायीहरुसँग समन्वय गरेर व्यवस्थापन र सहजताका लागि पहल गर्ने उनको भनाई छ । विभिन्न नाकाका समस्याहरुमा कुरा उठाएको हुनाको दुई देशबिचको व्यापारमा सहजता ल्याउन पहल गर्ने बताए ।
उनले चीनसँग व्यवसाय गर्दा हुने समस्याहरु आवात जावात,भिषा समस्या कसरी निराकरण गर्ने योजना रहेको बताए । उनले नेपाल सरकार र चीनबीचको व्यापारिक नाकासँग सम्बन्धित रहेर १९७४मा भएको सन्धी चीनले व्यवहारमा लागू गराउन अर्थ र वाणिज्य मन्त्रालयसँग समन्वय गर्ने योजना बनाएको बताए । पराजुलीले तातोपानी नाकालाई पूर्ववत अवस्थामा फर्काउन पहल गर्ने योजना रहेको उनको भनाई छ ।
चीन सरकारसँग नेपाल सरकारले पारवहन सम्झौता गरे पनि अहिलेसम्म चीन सरकारले पालना नगरेकाले तत्काल कार्यान्वयन गर्न पहल गरी सहज रुपमा चीनसँग व्यापार गर्ने वातावरण बनाउने प्रतिवद्धता रहेको उल्लेख गरे ।
उनले हिमाल पावर व्यापार संघ चीनसँग व्यापार गर्ने व्यवसायीहरुको हक हित र समस्या समाधान गर्न खडा भएको संस्था भएकाले संस्थाको निति भन्दा बाहिर नजाने बताए । उनले चीनका नाका प्रयोग गरेर व्यापार गरेको २३ वर्षको अनुभव रहेकाले व्यवसायीहरुको समस्याको बारेमा अवगत रहेको बताए ।
अर्थ सन्जाल